महिलाद्वारा २७ वर्षीय युवकको लिङ्ग छेदन

नयाँ दिल्ली, पुस १३ । भारतको महाराष्ट्र राज्यको थाने भन्ने सहरमा एक महिलाले अन्य दुई जनासँग मिलेर २७ वर्षीय एक युवकको लिङ्ग काटिदिएकी छिन् । ती महिलाले ती युवकले उनलाई सधैँ पछ्याएर हैरान पार्न थालेपछि उनले उक्त कदम चालेको बताएकी छिन् । उनले उक्त युवकले आफुलाई उत्पीडित गरेको आरोप लगाएकी छिन् ।

बिहिबार सार्वजनिक भएको उक्त घट्ना थाने जिल्लाको मानपाडा क्षेत्रको नान्दिवली गाउँमा भएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवक र घटनामा संलग्न ४२ वर्षीय महिला एउटी टोलमा बस्ने जनाएको छ । महिलाका अनुसार उक्त युवकले गत केही हप्तादेखि उनलाई पछ्याउने र अभद्र टिप्पणी गर्ने गरेका थिए ।

प्रहरीलाई दिएको बयानमा ती महिलाले आफूले कुनै प्रतिक्रिया नजनाएपछि झनै हौसिएका ती युवकले महिलाका पतिलाई समेत, ‘म तिम्री स्वास्नीलाई मन पराउँछु’ भन्दै हैरान पार्ने गरेका थिए । यस कुरामा पति-पत्नी बीच झगडा समेत भएको थियो ।

उक्त महिलाले ती युवकलाई ‘पाठ’ सिकाउँ आफूले उक्त कदम चालेको बताएकी छिन् । प्रहरीले उक्त महिला र उनका दुवै सहयोगीहरूलाई हिरासतमा लिएको बताएको छ । घटनामा संलग्नहरूको पहिचान भने गोप्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्