चन्द्रागिरि ११ सतुंगलमा कपास फ्याक्ट्रीमा आगलागी, नजिकका घरमा पनि क्षति

काठमाडौं, पुस २० । चन्द्रागिरि ११ सतुंगलमा कपास एक फ्याक्ट्रीमा आगलागी भएको छ । सतुंगलमा रहेको कपडा पेल्ने फ्याक्ट्रीमा आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन भने आगलागीले नजिकका घरमा समेत क्षति पुगेको छ । चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी अनुसार फ्याक्ट्रीबाट आगलागी सुरु भएको भएपनि कारण भने पत्ता लाग्न सकेको छैन ।

अहिले दमकलले आगो निभाउने प्रयास जारी रहेको छ । आगाे निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे दमक सवै दमकल प्रयाेगमा ल्याउँदा समेत आगाे अझै नियन्त्रण आउन सकेकाे छैन । ५ सयभन्दा बढी सुरक्षा कर्मि परिचालित छन ।

करिब ६ बजेदेखि लागेकाे आगाे नियन्त्रणमा ल्याउन प्रयास रहेका छन् । आगाे भने अझै फैलिएकाे छ ।

कमेन्ट गर्नुहोस्