‘विप्लव’को पार्टीको ‘हाइकमाण्ड’ बैठक सम्पन्न, महत्वपूर्ण निर्णय तयार

काठमाडौं, पुस २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ‘हाइकमाण्ड’ को बैठक सम्पन्न भएको छ । ग्रामीण बस्तीमा भएको बैठकले राजनीति रुपमा महत्त्वपूर्ण निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

केही दिनअगाडि सम्पन्न स्थायी समितिको बैठकमा महासचिव विप्लवको महत्त्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले थप ३ महिने अभियान गर्ने निर्णय सहित ब्युरो इन्चार्जहरुको जिम्मेवारीमा ब्यापक फेरवदल गरेको बताइएको छ ।

बैठकले साबिकका ब्युरो इन्चार्ज र केन्द्रीय सदस्यलाई अभियानमा पठाइएको स्रोतको दाबी छ । विप्लव नेतृत्वको नेकपाको हाई कमाण्ड अर्थात् स्थायी समिति ५ जनाको रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!