अस्ट्रेलियाविरुद्धको टेस्टमा भारत बलियो, ७० वर्ष लामो इतिहास बदलिन सक्ने

काठमाडौँ, पुस २० । भारतले ७० वर्षको टेस्ट इतिहासमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएर सिरिज कब्जा गर्ने देखिएको छ । सिड्नीमा जारी चौथौ टेस्टको दोस्रो दिन भारतीय टीमले अस्ट्रेलिया सामु ६२२ रनको विशाल लाक्क्ष खडा गरेपछि यस्तो सम्भावना देखिएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतका ब्याट्सम्यानहरूले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै ६२२ रन बनाए । भारतको तर्फबाट चेतेश्वर पुजाराले सर्वाधिक १९३ रनको योगदान गरे भने त्यसपछि ऋषभ पन्तले नट आउट १५९ बनाए । यसका अतिरिक्त रविन्द्र जदेजाले ८१ र मयंक अग्रवालले ७७ रन बनाए ।

दोस्रो दिनको खेलको सुरुको एक घण्टा भने भारतका लागि अनुकुल त् थिएन । शुक्रवार स्थानीय समय अनुसार ९ बजे क्रिजमा उत्रिएको केही समयमै हनुमा बिहारी ४२ रनमा आउट भए । उक्त समय टीमको स्कोर ३२९ रन थियो भने हनुमा प्याभेलियन फर्किने पाँचौं खेलाडी थिए । तर त्यसपछि आएका ऋषभ पन्तले पारीलाई सम्हाले ।

चेतेश्वर पुजारा दोहोरो शतकबाट मात्र ७ रन टाढा रहँदा नाथन लायनद्वारा उनकै बलमा क्याच हुँदा टीमको स्कोर ४१८ रन बनिसकेको थियो । त्यसपछि आएका रविन्द्र जडेजाले ऋषभ पन्तसँग मिलेर टीमलाई ६२२ को स्कोरमा पुर्याए । त्यपछि भारतले अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको छ ।

यस खेलमा दोहोरो शतक हान्न नसकेपनि चेतेश्वर पुजाराले आफ्नै रेकर्ड भने तोड्न भ्याए । यो उनको क्यारियरकै सरधिक स्कोर भएको छ । यस अघि उनको सर्वोच्च स्कोर १५३ रन रहेको थियो ।

यसका साथै उनले एकै सिरिजमा अस्ट्रेलियामा अस्ट्रेलियाविरुद्ध सर्वाधिक बल खेल्ने भारतीय ब्याट्सम्यान समेत बनेका छन् । उनले राहुल द्रविडले २००३-०४ मा बनाएको रेकर्ड तोडेका हुन् । राहुलले अस्ट्रेलियाविरुद्ध १२०३ बल खेलेका छन् ।

कमेन्ट गर्नुहोस्