हडिया रेगुलेटरलाई १० धुर जग्गा

मेचीनगर, पुस २० । मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय प्रयोजनका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा उपलब्ध गराएका छन् ।

संस्थाको आफ्नै सचिवालय नभएकाले विभिन्न कार्य गर्न असहज भइरहेको अवस्थामा सुवेदीले उपलब्ध गराएको उक्त जग्गामा संस्थाको कार्यालय भवन निर्माण गर्ने बताइएको छ ।

सुवेदीले उपलब्ध गराएको जग्गासम्म जाने बाटो निर्माणका लागि स्थानीय चुडामणी सुवेदी र कृष्ण ओझा समेतले केही जग्गा उपलब्ध गराएका छन् । भवन निर्माण हुने भएपछि …. कार्यक्रमका तर्फबाट केही रकम विनियोजन भएको छ भने उपभोक्ता सहित स्थानीय तहहरुले पनि भवन निर्माण कार्यमा सहयोग रहने छ ।

दुईतले पक्की सुविधा सम्पन्न सचिवालय भवन आगामी आर्थिक वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको संस्थाका सचिव अनिल ढुंगानाले बताएका छन् ।

३५० हेक्टरभन्दा बढी जमिन सिञ्चित हुने आयोजनाबाट करिब ५०० घर कृषकहलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । स्थानीयस्तरमा आयोजनाको रेखदेखका लागि हडिया रेगुलेटर जल उपभोक्ता संस्था क्रियाशील रहेको छ भने यसको मातहतमा विभिन्न ६ वटा कृषि सिंचाई समूहहरु गठन गरिएको छ ।

विभिन्न समयमा कृषकहरुलाई तालिम दिन, गोष्ठी संचालन गर्न, मल–बीऊको भण्डारण तथा वितरण गर्न र संस्थाको दैनिक गतिविधि संचालन गर्न भवन उपयोगी हुने अध्यक्ष शंकर पोखरेलले जनाए ।

एसियाली विकास बैंकको लगानीमा निमार्णधिन अयोजनाको निगरानी डिभिजन सिंचाई कार्यालय भद्रपुर मार्फत भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!