हाँस्य टेलिचलचित्र ‘झट्का’ले दर्शकहरुको मन जित्न सफल (भिडियोसहित)

काठमाडौँ, पुस २० । नेपाल टेलिभिजनबाट हरेक बिहीबार बेलुकी ७ः०० मा प्रसारण भइरहेको हाँस्य ब्यङ्ग टेलिचलचित्र ‘झट्का’ले अहिले दर्शक श्रोताहरुको मन जित्दै गएको छ ।

छोटो समयमा लाखौ दर्शकहरुको मन मुटुमा बस्न सफल हाँँस्य ब्यङ्ग टेलिचलचित्र ‘ झट्का’ समाजमा भएका विसंगति विकृतिहरु माथि चोटिलो झट्का दिने टेलिचलचित्रको रुपमा दर्शकको रोजाइमा परेको छ ।

रामसार मिडियाको निर्माणमा डी एल फिल्मको प्रस्तुति रहेको शिव शर्माद्वारा लेखन, निर्देशित तथा निर्माता इन्द्रदोङ्ग खम्बेद्वारा निर्मित हाँस्य टेलिचलचित्र ‘झट्का’ले समसामहिक विषयबस्तुलार्इ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

छोटो समयमा नै दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित हास्य टेलिचलचित्र झट्काले अहिलेसम्म आइपुग्दा समय सापेक्ष परिवर्तन गर्दै दर्शकहरुलाइ नयाँ नयाँ स्वाद दिन पनि सफल भएको छ ।

यस हाँस्य ब्यङ्ग टेलिचलचित्र ‘झट्का’मा नेपालका चर्चित कलाकारहरुको समावेशी रहेको छ, जसमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, रमेश केसी महोर, मञ्जु श्रेष्ठ, कमला रेग्मी, इन्द्र दोङ्ग खम्बे, शिव शर्मा, नबिन श्रेष्ठ, सुशिला निरौला (बिमली), दिया श्रेष्ठ, सानु लुइटेल, स्मृति बस्नेत, सुमित्रा लामिछाने, राजेन्द्र गिरी, धर्मराज जैसी, जनक बर्तौला, श्याम बुढाथोकी लगायत अन्य चर्चित कलाकारहरुको भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्