कंसाकार भन्छन्, ‘पैसा मागे नदिएपछि कालो मोसो दलेर भागे’

काठमाडौं, पुष २० । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि कालोमोसो दलिएको छ । उनलाई वैद्य माओवादी निकट बताउने विद्यार्थी संगठनले कालोमोसो दलेका हुन्।

कार्यालयमा बसिरेको बेला दुइजना आएर कालोमोसो दलेको कंसाकारले जानकारी दिए । ‘दिउँसो चार बजेको समयमा दुई जना व्यक्ति मेरो कार्यकक्षमा आए, वैद्य समूहको विद्यार्थी संगठनका नेता बताउने उनीहरुले म सँग आर्थिक सहयोग माग गरे,’ कंसाकारले भने, ‘मैले पैसा कहाँबाट दिने भनेर जवाफ दिएपछि कालोमोसो दलेर भागे ।’

बाहिर बसेको सुरक्षा गार्डले समाउन खोज्दा खोज्दै भागेर दौडेको उनले बताए। कंसाकारलाई वाइडबडी जहाज खरिदमा अनियमितता गरेको संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आरोप लगाएको छ।

कमेन्ट गर्नुहोस्