बीबीएलः सन्दीप नहुँदा मेलबर्न स्टार्सलाई जित निकाल्न कति कठिन ?

काठमाडौं, पुष २२ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा आज नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले पाँचौ खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १ बजे शुरु हुँदैछ ।

आज मेलबर्न स्टार्सले टस हारेर बलिङको निम्तो पाएको छ । यो खेलमा सन्दीप भने छैनन् । उनी आजदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा छन् । उनको खेल भोलि (आइतबार) हुँदैछ ।

बिग ब्यास लिगमा चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आठ विकेट लिएका सन्दीप बिनाको खेल आज मेलबर्नले जित्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ । आज बेलर्बनले सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरसँग खेल्दैछ ।

सन्दीपको टिमले पहिलो खेल सिड्नीसँग खेलेको थियो । उक्त खेलमा सन्दीपले २ विकेट लिए पनि टिमले भने जित्न सकेको थिएन । त्यो खेलमा लामिछानेले सिड्नीका कप्तान वाट्सनको विकेट लिएका थिए । मेलबर्न स्टार्स अंक तालिकामा पाँचौ र सिड्नी चौथो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्