बिग ब्यास लिगः मेलबर्न स्टार्सले पायो १३६ रनको लक्ष्य

काठमाडौं, पुष २१ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्ना पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले १३६ रनको लक्ष्य पाएको छ । सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरले टस जितेर ब्याटिङ रोजेको थियो ।

सिड्नीका लागि जोस बटलरले १८, कप्तान वाट्सनले १४, जो रुटले २६, डानियल साम्सले ४२, ग्रीन क्रीशले १४ रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा स्टार्सका स्कोट बोलन्ड र एमपी स्टोनीसले समान दुई–दुई, एडम जाम्पा,  लैम पेलन्केट र बिजे ब्राबोले समान एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्