मन्त्री बस्नेतको चरित्रहत्या गर्ने समाचारप्रति सचिवालयको आपत्ती

काठमाडौं, पुष २१ । चरित्र हत्या गर्ने गरि वनमन्त्री शक्ति बस्नेतबारे समाचार लेखिएको भन्दै उनको सचिवालयले आपत्ती जनाएको छ । नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री बस्नेतलाई घाईते पूर्व जनसेनाका सदस्यले कार्यकक्षमा कुटेको भन्ने समाचार केही मिडियामा लेखेपछि सचिवालयले कडा आपत्ती जनाउँदै त्यस्तो कार्यमा संलग्न मिडिया र पत्रकारलाई कार्वाहीको मागसमेत गरेको हो ।

समाचारमा आएको कुरा हुँदैन भएको सचिवालयले स्पष्ट पारेको छ । बरू मन्त्री बस्नेतको पहलमा घाईते जनसेनालाई सहयोग गरेको जनाएको छ । घाइतेहरूको समस्या हल गर्ने मन्त्रालयको क्षेत्राधिकार नभए पनि मन्त्रीको तर्फबाट र सचिवालय तर्फबाट आर्थिक खाद्यान्न लगाएतका सहयोग गरिएको स्वकीय सचिव भिम बहादुर रोकाय (मुस्कान) ले बताए ।

उनले भने, ‘मन्त्री बस्नेत घाइते जनसेनाको समस्या समाधानमा पुरै लाग्नुभएको विषयलाई लुकाएर कपोलकल्पित समाचार प्रकाशन गर्नु खेदजनक मात्रै होईन गम्भीर षड्यन्त्रमूलक पनि छ । हामी उक्त भ्रमपूर्ण र कपोलकल्पित समाचारबाट भ्रमित नहुन अपील पनि गर्दछौं ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!