पूर्वराष्ट्रपति डा. यादव चिकित्सा सेवामा फर्किने

काठमाडौं, पुष २१ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् ।

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए । यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!