मानव कल्याण समाजलाई सांसद बस्नेतद्वारा सहयोग

भक्तपुर, २२ पुस (रासस) ः प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानवीय सेवामा समर्पित चाँगुनारायण– ७ यातु महादेवमा सञ्चालित मानव कल्याण समाज सेवाघरलाई नगद रु ५० हजार र एक हजार थान पुस्तक प्रदान गर्नुभएको छ । 

सांसद बस्नेतले सेवा घरकी अध्यक्ष सुमित्रा चौलागार्इंलाई नगदसहित प्रतिपुस्तक रु ६५० मूल्य पर्ने रु छ लाख ५० हजार मूल्य बराबरको उहाँ आफँैले लेख्नुभएको ‘म महेश’ नामक एक हजार थान पुस्तक प्रदान गर्नुभएको हो । 

मानवीय आस्था नेपालका संस्थापक एवं संरक्षक सांसद बस्नेतले मानवीय आस्था नेपालको तर्फबाट रु ५० हजार र व्यक्तिगत तर्फबाट पुस्तक प्रदान गर्नुभएको हो । 

बस्नेतले नगद तथा पुस्तक प्रदान गर्दै स्वच्छ रूपमा मानवीय सेवामा समर्पित संस्था सञ्चालनमा आर्थिक अभावले नरोकिने बताउँदै मानवीय सेवाको भावना विस्तार गर्दै जानुपर्ने बताउनुभयो । उहाँले कुनै पनि नागरिक परिवारविहीन अवस्थामा पुग्न नहुने र त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै अनाथ, असहायको आश्रय बनेको सेवाघरलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

पुस्तक बिक्रीबाट आउने रकम सेवाघरमै खर्च गर्ने गरी प्रदान गर्नुभएको सेवाघरकी अध्यक्ष चौलागार्इंले बताउनुभयो । 
––– 

कमेन्ट गर्नुहोस्