सृजना वाचन डबली युएईको १५ औं शृङ्खला सप्पन्न

युएई,पुस २२।सृजना बाचन डबली युएईको १५ औं शृङ्खला शुक्रबार युएईमा सम्पन्न भएको छ।

वरदुबई स्थित एभरेष्ट क्लब अस्टोरिया होटल मा आयोजना गरिएको कार्यक्रममा टक बहादुर गुरुङको
सभापतित्व रहेको थियोे भने प्रमुख अतिथिमा युएई स्थित नेपाली दूतावासका कार्यवाहक राजदुत सागर प्रसाद फुयाल ,विशिष्ट अतिथिमा डिडिए ग्रुपका अध्यक्ष डा. दिनेस आचार्य,विशेष अतिथिमा चन्द्र प्रसाद साप्कोटा,दूतावासका श्रम काउन्सिलर भेस बहादुर कार्की श्रम सहचारी मोति राम भुसाल ,गैर आवासीय नेपाली संघका एनसिसि महासचिव कृष्ण पौडेल ,प्रवासी नेपाली मन्च अध्यक्षका श्याम कंडेल ,नेपाली जन प्रगतिशील मन्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा,नेपाल बिश्व सहयोग संघका अध्यक्ष गोबिन्द ढकाल लगाएतको उपस्थिति रहेको थियोे।

यस्तै अतिथिहरुमा बिश्वकर्मा समाज नेपाल युएईका सचिब गणेश कुमार रसाइली ,पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल,तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेल ,संरक्षक दिपक खड्का ,नेवा पुच युएईका खेलकुद सम्योजक हिरालाल श्रेष्ठ ,ताप्लेजुङ समाजका अध्यक्ष सोनि भण्डारी,मितेरी समाजका क्षेत्रीय अध्यक्ष राम मगर अन्तर्राष्ट्रिय नेपाली समुदायका अध्यक्ष मनु प्रसाद गुरुङ झापाली समाजका प्रतिनिधि पत्रकार लगाएत विभिन्न संघ सस्थाका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेकोे थियोे।

१५औं विशेष शृङ्खलाको सांगीतिक तथा साहित्यिक शुभकामना साँझमा सुगम संगीतका हस्ती गायक राज सिग्देलका कालजयी गीतहरु प्रस्तुत गरिएको थियोे भने
उज्याल एफएमको बुलबुल कार्यक्रमका प्रस्तोता तथा बुलबुल पब्लिकेसनका प्रकाशक लाई तनहुँ सेवा समाज युएई का अध्यक्ष कृष्ण पौडेल ,महासचिव कृस सुनार संरक्षक दिपक खड्का ,कोष अध्यक्ष फडिन्द्र राज अधिकारी ,प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ ,सल्लाहकार साहित्यकार टक गुरुङ ,सल्लाहकार बसन्त रिमाल सल्लाहकार कृस रायमाझी ,बैकल्पिक कोष समयोजक सुदिप कार्की ,केन्द्रिय सदस्य अपिल भट्टराई, , लगाएतले संयुक्त सम्मान समेत गरेका थिए।

यूएई रहि लामो समय देखि नेपाली साहित्यमा कलम चलाउदै आउनु आएका कवि कृष्ण विश्वकर्माको कविता कृति ” भोकको लय” विमोचन विमोचन गरिएको थियोे । कार्यक्रमको संचालन साहित्यकार जे सागरले गरेका थिए भने कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास युएईका अध्यक्ष रेखा घिमिरे महासचिव राम तामाङ लगाएको समेत उपस्थिति रहेकोे थियोे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!