नागढुङ्गाबाट १ केजी १०० ग्राम चरेशसहित एक पक्राउ

काठमाडौं, पुस २२ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले १ केजी सय ग्राम चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्तअन्तर्गतको महानगरी प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दै गर्दा १ केजी सय ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको हो ।

धादिङबाट काठमाडौंतर्फ आइरहेको बा.४.ख ४४५४ नं.को यात्रुवाहक बसलाइ विशेष सूचनाको आधारमा चेकजाँच गर्दै गर्दा उक्त बसमा यात्रा गरी आएका जिल्ला धादिङ गजुरी ८ का सुरेश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

थानकोट वृत्तका प्रमुख थापाको अनुसार पक्राउ परेका तामाङलाई थप अनुसन्धानमा राखी आवश्यक कारबाही भईरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्