प्रमोदको गीतमा कविता र दिव्यको रोमान्स (भिडियोसहित)

चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजधानी आसपासका रमणीय स्थानहरुमा खिचिएको गीतमा रोजल थापाको निर्देशन छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतको शब्द निर्देशक थापा स्वयंले लेखेका हुन् ।

सार्वजनिक गीतमा विनय केटोको संगीत सुन्न सकिन्छ । गीतको भिडियोलाई चन्द्रकुमार पुराजुलीले निर्माण गरेका हुन् । वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।कविता र दिव्यलाई बद्रि विष्टले नचाएका छन् ।

निर्देशक थापा बजारको मागअनुसार गीतको भिडियो निर्माण गरिएको बताए ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!