आज फेरि तोलामा कतिले घट्यो सूनको मूल्य ?

काठमाडौं, पुस २० ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

शुक्रबार बजारमा छापावाल सुनको मूल्य तोलामा ६० हजार ३  सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर ५९ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार नेपाली बजारमा चाँदीको १० रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदीको मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७ सय ५५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्