आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको नीजी सचिवालयले दिएको जानकारी अनुसार दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी दिँदै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र छानबिन समिति गठनलगायतका विषयमा पनि बोल्ने सम्भावना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!