बीपीएलः सन्दीपको टोलीद्वारा १२८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सिलहेट सिक्सर्सले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्स सामु १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले ८  विकेटको क्षतिमा १२८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपको टोलीले खराब शुरुवात गर्यो । बोर्डमा एक रन हुँदा एक विकेट गुमाएको थियो । सिलहेट सिक्सर्सका लागि निकोलस पुरनले ४५, अफिफ होसेनले १९, कप्तान डेबिड वार्नर १४, सब्बिर रहमानले ७, तव्हिद हृदोयले ८, अलोक कपालीले १९, तास्किन अहमेदले ४, अल अमिन हुसेनले  र सन्दीप लामिछानेले एक-एक रन बनाए ।

बलिङमा भिक्टोरिएन्स मेहदी हसन, मोहम्मद साशिद र मोहम्मद सैफुदिनले दुई-दुई विकेट लिए ।  शाहिद अफ्रीदीले एक विकेट लिए । सन्दीपको टोलीले केही बेरमा बलिङ गर्नेछ । इमरान ताहिर, नासिर हुसैन, आन्द्रे फ्लेचर जस्ता खेलाडी बेन्चमा राखेर पहिलो खेलमा मौका दिइएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!