प्रभु बैंकले कति प्रतिशत बोनस बाँड्ने ?

काठमाडौं, पुस २२ । प्रभु बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १०.२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस २२ गते आइतबार बसेको सञ्चालक समितको १३५ औं बैठकले बोनस र नगद गरि सो परिमाणको लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७४–०७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनस शेयर र नगद लाभांमा लाग्ने कर सहित ५।२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यससँगै बैंकको शेयरधनीले सात आर्थिक वर्षपछि लाभांश खान पाएका छन् । बैंकले यसअघि आर्थिक वर्ष २०६६–०६७ मा ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले प्रस्ताव गरेको क्त लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुने छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्