राष्ट्रपतिले गल्ती गर्दैन, राष्ट्रपतिले गरेको काम मैले गरेको हुँ- प्रधानमन्त्री ओली

काठमाडौँ, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भन्ने संस्था सीमित अधिकारहरूको मात्र उपयोग गर्ने भएकाले राष्ट्रपतिले कुनै पनि कार्यकारी काम नगर्ने र यस्ता सबै काम सरकारले गरेको बुझिदिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा आफ्नो विशेष सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्रीले यस्तै प्रतिक्रिया अहिलेको प्रतिपक्ष सत्तामा रहँदा पूर्व राष्ट्रपतिको बारेमा समेत गर्ने गरेको स्मरण गर्दै यसो भनेका हुन् ।

प्रधानमन्त्रीले सरकारको काम कर्तव्य सम्बन्धी जानकारीमूलक वक्तव्यका क्रममा अब नेपालका राजमार्गहरू पहाडका टुप्पा-टुप्पाबाट नगई सिधै सुरुङ्गमार्गबाट जाने युगमा प्रवेश गरिसकेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले यसो भनेका हुन् । बिहिबारको विशेष सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्नु रहेको बताए । अहिले देश ठुलो परिवर्तनपछिको नयाँब अवस्थामा रहेकाले यस वर्षलाई सरकारले राज्यको संरचना व्यवस्थापनको वर्षको रूपमा लिएको समेत बताए ।

संगीयाताको कार्यान्वयनकै लागि १६५ कानुन अध्यावधिक गरिएका र संघियता सम्बधी ५६ विधेयक र १०९ आइन् संशोधन गर्न बनेको केही नेपाल ऐन संशोधन सम्बन्धी विधेयक समेत सदनमा पेस भएको प्रधानमन्त्रीले बताए ।

प्रतिपक्षीले सरकारलाई ‘रङ्गी-विरङ्गी’ प्रश्नहरू सोध्ने गरेको तर आफूलाई तर्क र बहसमा भन्दा पनि मुलुकको विकास र रुपान्तरणमा रुची रहेको प्रधन्मंत्रीकोजिकिर थियो ।

पानी जहाजको टिकट कहाँ पाउँछ भनेर सामाजिक संजालमा सोधिने गरेको व्यंगात्मक प्रश्नको ठट्यौलो पारामा जवाफ दिंदै प्रधानमन्त्रीले भने “कमसे कम साथीहरूले पत्याउन थाल्नु भएछ र टिकट काउन्टर खोज्न थाल्नु भएछ ।” प्रधानमन्त्रीले छिटै नेपाल पानीजहाज रजिष्ट्रार कार्यालय खुल्ने समेत बताए ।

त्यस्तै प्रधानमन्त्रीले गणतन्त्रका आधारभूत संस्थाहरूमा भैरहेका नियोजित आक्रमणहरू बारे सबैले सचेत हुनुपर्ने समेत बताए ।

राष्ट्रपतिमाथि गरिने आक्रमण गणतन्त्रमाथिकै हमलाको रूपमा आफूले बुझेको प्रधानमन्त्रीले बताए । उनले अहिलेको प्रतिपक्ष सत्तामा छँदा राष्ट्रपतिको बारेमा गर्नेगरेको कुरा नै आफूले दोहोर्याएको बताए ।

प्रहरी तालिम केन्द्र सार्ने निर्णय राजतन्त्रकै समयमा भैसकेको बताउँदै प्रधानमन्त्रीले त्यसबारे राष्ट्रपति कार्यालयलाई जोडेर हेर्नु संस्थाकै गरिमामाथिको आक्रमण रहेको समेत प्रधानमन्त्रीको भनाइ रहेको थियो ।

कुनै समय रक्तअल्पताको औषधि खाने सांसदलाई सुत्केरीको औषधि खाएको भन्ने हल्ला चलाइएको र त्यसै हल्लाकापछि लागेर माघ १९ जस्ता घटना आएको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले सिंगो प्रणालीमाथि नै दोषारोपण हुने काम कसैले गर्न नहुने समेत बताए । प्रधानमन्त्रीले भने, “व्यक्ति आउने जाने हुन्छ, प्रणाली स्थायी हुन्छ ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!