प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा हङ्गामा

काठमाडौँ, पुस २२ । प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा प्रश्न गर्न नदिइएपछि प्रतिनिधिसभामा हङ्गामा भएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूले प्रश्न सोध्नपाउनुपर्ने माग गरेपछि अभामुख कृष्णबहादुर महराले उक्त सम्बोधन सरकारका काम र कर्तव्यसम्बन्धी वक्तव्यमात्र भएकाले यसमा प्रश्न गर्न नामिल्ने र प्रश्नका लागि छुट्टै सत्र हुने बताएपछि सांसदहरूले विरोध गरेका थिए ।

विरोध हुन थालेपछि सीमित सदस्यहरूलाई प्रश्का लागि अनुमति दिन राजी भएका सभामुख महराले सांसदहरूकले संख्या तोक्त नमिल्ने बताएपछि आजको बैठकबाट शुन्यसमय हताइएको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!