‘आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ, रेल र पानीजहाजको टिकट काटिन्छ’ : प्रधानमन्त्री

काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने दाबी गरेका छन् । संसदको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलकुको आर्थिक सूचकाकंहरु सबै सकारात्मक बताए ।

सरकारका काम कारबाही बारेमा विभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन सुरु गरेका प्रधानमन्त्रीले सरकारले गरेका प्रगतिको फेहरिस्त प्रस्तुत गरे ।

उनले भने ‘म कुनै तर्क र बहस गर्न आज आएको होइन सरकारको नीति तथा कार्याक्रम, बजेट, प्राप्त उपलब्धिको बारेमा सदनलाई जानकारी गराउन आएको हुँ ।’

प्रधानमन्त्रीले संसदमा जानकारी गराएअनुसार गतवर्षको यही समयको तुलनामा राजश्व संकलन ३२ प्रतिशतले वृद्धि भएको छ भने सरकारी खर्च ३४ बाट झरेर १४ प्रतिशतमा पुगेको छ ।

मूल्य बृद्धि ४।२ बाट घटेर ३.७ प्रतिशत कायम रहेकोे छ भने कुल वैदेशिक सहयोगमा १६२।७२ प्रतिशतले वृद्धि भएको छ । प्रधानमन्त्रीका अनुसार– ‘उद्योग दर्ता गर्नेक्रम गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ ।’

बैंक तथा वित्तिय संस्थाहरुले १७.९ प्रतिशतले नक्षेप बढाएको बताउँदै प्रधानमन्त्री ओलीले उत्पादनशित क्षेत्रमा गरिएको लगानी पनि गतवर्षको तुलनामा बढेको छ । गतवर्ष १३.४ प्रतिशतमा रहेको उक्त लगानी अहिले ३२.३ प्रतिशतले बढेको छ ।

प्रधानमन्त्रीका दिएको जानकारी अनुसार परियोजनाहरुमा वैदेशिक लगानी २५ प्रतिशतले बढेको छ । देशको समग्र निर्यात १२।३ प्रतिशतले बढेको प्रधानमन्त्रीको दावी छ । निर्माण सामाग्री तथा औद्यौगिक औजारको आयतले शोधानन्तर बचत केही कम भएपनि विस्तारै बढ्दै जाने प्रधानमन्त्रीको विश्वास थियो ।

प्रधानमन्त्री ओलीले सन् २०१९ को जुनभित्र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरिने र ६ महिनाभित्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग पीच गरिने जानकारी दिए ।

भेरी डाईभर्सन परियोजनामा २ किलोमिटरमात्रै सुरुङ खन्न बाँकी रहेको जानकारी दिदै प्रधानमन्त्री ओलीले भेरी ववाई परियोजनाबाट २६ हजार हेक्टर जमिन सिँचाई भइरहेको बताए ।

फाष्ट ट्रयाकमा उत्साहजनक प्रगती भएको बताएका प्रधानमन्त्रीले मेलम्चीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको बताए ।

सरकारले रेल र पानीजहाज सञ्चालनका लागि सबै प्रक्रिया तिब्र गतिमा अघि बढाइएको भन्दै टिकट काट्नका लागि सरकारले सार्वजनिक सूचना जारी गर्ने प्रधानमन्त्रीको भनाई थियो । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!