बीपीएलः सन्दीपको शानदार प्रदर्शन, डेब्यू खेलमै लिए दुई विकेट

काठमाडौं, पुष २२ । बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले डेब्यू खेलमै २ विकेट लिएका छन्।

सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरको अन्तिम बलमा सोयब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए।

यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे। उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन्। खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!