यस्तो दिन आयोः अल इण्डिया रेडियो बन्द गर्न निर्देशन, क्षेत्रीय प्रशिक्षण केन्द्र पनि बन्द हुने

नयाँ दिल्ली । प्रसार भारतीले आफ्नो राष्ट्रिय रेडियो च्यानल अल इण्डिया रेडियोलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । योसँगै पाँच शहरमा रहेका यसका क्षेत्रीय प्रशिक्षण केन्द्र पनि बन्द हुने छन ।

खर्चमा कटौती गर्न रेडियो बन्द गरेको प्रसार भारतीले जनाएको छ । कुनैबेला नेपालको सीमावर्ती जिल्लाहरु अल इण्डिया रेडियो निकै लोकप्रिय रहेको थियो । खासगरी बिहानपख यसबाट प्रसारण हुने हिन्दी गीत र मन की बात भन्ने कार्यक्रम धेरैले मन पराएका थिए ।

अल इण्डिया रेडियोले नेपाली भाषालगायत अन्य भाषाहरुमा समेत विशेष कार्यक्रम चलाउने गरेको थियो । अल इण्डिया रेडियोको नेपाली कार्यक्रममा भारतीय सेनामा रहेका नेपालीहरुले घरमा सन्देश पठाउने कार्यक्रम अति नै लोकप्रिय थियो । बहुभाषाी अल इण्डिया रेडियोको शुरुआत १९८८ मा भएको थियो ।

शुरुमा यसलाई हिन्दी, अंग्रेजी र उर्दु भाषामा लन्च गरिएको थियो । प्रसार भारतीको यो निर्णयको बिरोध समेत भएको छ । एआईआर र दूरदर्शनका कार्यक्रम स्टाफ एशोसिएसनले यसको बिरोध गरेका छन । प्रसार भारतीसँग यो निर्णय फिर्ता लिन उनीहरुले माग गरेका छन् । खर्चमा कटौती गर्न अन्य विकल्प खोज्न उनीहरुको आग्रह छ ।

कमेन्ट गर्नुहोस्