युएईमा १२ महिला सहित २०० जना नेपाली जेल जीवन बिताउदै ,मुख्य कारण मदिरा सेवन

युएई,पुष २३।युएई स्थित नेपाली दूतावासले २०७५ सालको जेल भ्रमण पूरा गरि जेलजिवन बिताउन बाध्य भएका नेपालीहरुको तथ्यांक सार्बजनिक गरेको छ ।

राजधानी अबुधाबि स्थित नेपाली दूतावासले हर्यक ६/६ महिनाको अवधिमा गर्दै आएको जेल भ्रमण लाई यसपटक पनि निरंतरता दिएको हो ।
दूतावासले २०७४ असारमा युएईको सातवटा राज्यमा रहेका ८ वटा जेलहरुको भ्रमण गरेको थियो। त्यतिबेला जम्मा १०९ जनाले कैद भुक्तान गरिरहेको पाईएको थियो। ती मध्ये अधिकांश मदिरा सेवन गरि झैझगडामा संलग्न भएर जेल परेका थिए।

यस्तै कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलको नेतृत्वमा २०७५ बैशाखमा गरिएको जेल भ्रमणका बेला १२ जना महिला र १७३ जना पुरुष गरि जम्मा १८५ जना नेपालीले कैद भुक्तान गरिरहेको पाईएको थियो। त्यतिबेला पनि मदिरा सेवनगरि झैझगडामा संलग्न नेपालीहरुको संख्या अधिक रहेको पाईएको थियो।

यस्तै दूतावासले यसपटक गत डिसेम्बर महिनामा युएईका सातवटा राज्यमा रहेका ८ वटा जेलको भ्रमण पूरा गरि नेपालीहरुको अवस्था बुझेको छ जसमा १२ महिला र १ सय ८८ जना पुरुषले जेल जीवन बिताउदै आएको पाइएको छ ।

दूतावासको तर्फबाट यसपटकको जेल भ्रमणमा द्वितीय सचिव विष्णुकुमारी अधिकारी र जनसंपर्क अधिकृत ईरफान अलाम सहितको टोलि खटिएको थियोे । टोलिले भ्रमणका क्रममा जेल प्रसासनसंग नेपाली कैदीहरुको मुद्दाको अवस्थाका बारेमा समेत जानकारी लिएको छ ।

जेल भ्रमणका क्रममा सारजाह जेलमा १० दुबईको अल अविर स्थित सेन्ट्रल जेलमा ६८ अल अथ्वा सेन्ट्रल जेलमा ९८ अजमान सेन्ट्रल जेलमा ४ रस अल खेमा सेन्ट्रल जेलमा ४ फुजेरा सेन्ट्रल जेलमा २ र अल एन सेन्ट्रल जेलमा १४ नेपाली रहेका छन् भने यसपटक उम अल क्विन सेन्ट्रल जेलमा नेपाली नरहेको दूतावासले जनाएको छ।

दुतावासले जेलमा रहेका नेपालीहरुको अवस्था र मुद्दाको स्थिति अध्यन गरि कुटनैतिक तवरबाट समस्या समाधानको पहल गर्न नियमितरूपमा जेल भ्रमण गर्दै आएको छ। २०७१ सालमा गरिएको जेल भ्रमणमा युएईको जेलमा जम्मा ५७ जना नेपाली कैदि रहेकोमा उक्त सङ्ख्या बढेर २०७५ सालमा आउदा २०० जना पुगेको छ ।जसमा सबैभन्दा धेरै नेपाली १ सय १६ जना मदिरा सेवन र झैझगडाको कारण जेल परेको दूतावास द्वारा जारी तथ्यांकमा उल्लेख छ ।

यस्तो छ विवरण 

 

कमेन्ट गर्नुहोस्