सर्लाही सेवा समाज युएईद्धारा नायक निखिल उप्रेती सम्मानित

युएई,पुष २३। डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी द्धारा आयोजित एक कार्यक्रममा भाग लिन युएई पुगेका नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेती गत शुक्रबार सर्लाही सेवा समाज युएई बाट सम्मानित भएका छन ।

नेपालको ७७ वटै जिल्लामा मानव जिवनमा अत्यन्तै उपयोगी हुने विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि नि:शुल्क प्राथमिक उपचार तालीम दिइने लक्ष्यका साथ हालै प्रहिलो र दोस्रो चरण अन्तर्गत १६ वटा जिल्लाहरुमा तालीम सम्पन्न गरि तेस्रो चरण अन्तर्गत १० वटा जिल्लाहरु आगामी फाल्गुन ८ गतेदेखि ओखलढुंगा बाट उदयपुर , ईलाम , भोजपुर , खोटाङ , संखुवासभा , धनकुटा , पाँचथर , तेह्रथुम र ताप्लेजुङमा नि:शुल्क प्राथमिक उपचार तालीमको आयोजना गर्ने घोषणा सभा तथा सामाजिक संघ संस्था लगायत विभिन्न व्यक्तित्व हरु लाई सम्मान गर्ने कार्यक्रममा विशेष अतिथिको रुपमा युएई पुगेका नायक उप्रेतीलाई सर्लाही सेवा समाज युएईले सम्मान गरेको समाजका अध्यक्ष फलेन्द्र बलाम्पाकी मगरले जनकारी दिएका हुन।

समाजले नायक उप्रेतिलाई नेपाली चलचित्र जगत तथा सर्लाहीबासीहरुमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै खादा तथा सम्मान पत्र द्वारा सम्मान गरेको थियो । युएईमा कार्यरत सर्लाहिबासी तथा अन्य नेपालीहरिको बाक्लो उपस्थिति रहेको उक्त सम्मान कार्यक्रममा नायक निखिल उप्रेतीले आफ्नो छोटो मिठो मन्तव्य राख्दै गलत नेतृत्वका कारण देश विकास हुन नसकेको र विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई स्वदेश तथा बिदेश जहाँ रहेपनी नेपाल र नेपाली पन हुनुपर्नेमा जोड दिएका थिए ।

विभिन्न संचार माध्यमहरुले भ्रामक कुराहरु लाई मात्रै बढी प्राथमिकताका साथ लेख्ने र छाप्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यस प्रती सम्बन्धित निकायले ध्यान दिनुपर्ने उप्रेतीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्