किस्ता नदिएको भए निगम टाट पल्टिन्थ्यो, ९ अर्ब डुब्थ्यो– मन्त्री अधिकारी

काठमाडौं, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा पूर्वाग्रह राखेर नाम जोडेकोमा आपत्ती प्रकट गरेका छन् ।

आफूलाई अनावस्यक रुपमा दोषी देखाइएको भन्दै मन्त्री अधिकारीले विमान खरिदमा आफ्नो कुनै भूमिका नभएको स्पष्ट गरे । उनले आफ्नो कार्यकालमा किस्ता दिन हस्ताक्षर गरेको विषयमा समेत स्पष्ट पारेका छन् ।

मन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गरेर महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको दाबी गरे ।
महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदीय समितिमा ढाँटेको लगायतका कारण विमान खरिदमा भएको अमियमिततामा संलग्नता रहेको उपसमितिको दाबी छ ।

मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मत व्यापक भएको बेला मन्त्री अधिकरीले प्रष्टीकरणको शैलीमा पत्रकार सम्मेलन आयोजना गरेका हुन ।‘वाइडबडी खरिदमा मेरो कुनै भुमिका छैन, म आउनु पहिले नै विमान किन्ने सबै प्रक्रियामा अगाडि बढेको थियो’ उनले भने, तर अनावश्यक रुपमा त्यसमा मलाई जोड्ने काम भयो, त्यसमा दुख लागेको छ।’

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्तान तिरेको बताए। ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको भए निगमको ९ अर्ब जोखिममा पथ्र्यो’, अधिकारीले भने।

उनले वाइड बडी खरिदमा निगमद्वारा आह्वान गरिएको बोलपत्रमा कानुनी त्रुटी नभएको दाबी गर्दै कानुन र वैधानिक रुपमा भुक्तानी गरिएको स्पष्ट पारे।

मन्त्री अधिकारीले वाइड बडीमा खरिदमा भएको अनियमितताको छानविनमा सघाउने प्रतिबद्धता समेत जनाए। ‘अनुसन्धान गर्न अख्तियार प्राप्त निकायलाई सहयोग मैले पूर्ण रुपमा सहयोग गर्छु’, उनले भने, ‘दोषी उम्कन पाउनु हुँदैन र निदोर्ष फस्नु हुँदैन, दोषी जोसुकै भएपनि कानुनी कारवाही हुनुपर्छ।’

अनुमान र पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको दावी गर्दै मन्त्री अधिकारीले ‘संसदीय समितिको नाममा विकास लाई रोक्न नहुनेमा जोड दिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!