कार्यकक्षमै रक्सी खाएर टिल्ल परे वडा सचिव !

कैलाली, पुष २३ । जिल्लाको धनगढी उप–महानगरपालिका-६ का वडा सचिव करुणाकर जोशी कार्यालय समयममै मदिरा खाएर टिल्ल अवस्थामा भेटिएका छन्। वडा सचिव जोशी कार्यकक्षमै मदिरामा टिल्ल भएको अवस्थामा भेटिएका हुन् ।

सोमवार मद्यान्न वडा कार्यालय पुग्दा मदिरामा वडा सचिव लठ्ठ भएपछि सेवाग्राही मारमा परेका भेटिएका थिए। वडा अध्यक्षले हाजिर रजिष्टर लुकाएकाले मदिरा खाएर कार्यालयमा आएको वडा सचिव जोशीले बताए ।

वडा अध्यक्ष भागिराम चौधरीले वडा सचिव जोशीको मदिरा पिउने बानी भएको र सो बारेमा प्रहरी र मेयर नृपबहादुर वडलाई पनि जानकारी दिएको तर केहि सुनवाई नभएको बताए। दिनेशखबरबाट

कमेन्ट गर्नुहोस्