रेशम चौधरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं, पुष २३ । टीकापुर हत्याकाण्डमा जोडिएका सांसद रेशम चौधरी थुनामै रहने भएका छन् । आज सर्वोच्च अदालतले चौधरीलाई थुनामै राख्ने गरी आदेश दिएको हो । २०७४ चैत १२ गते उच्च अदालत दिपायलको उच्च अदालतले दिएको आदेशलाई सदर गर्दै सर्वोच्चले आज आदेश दिएको हो ।

‘उच्च अदालत दिपायलको मिति २०७४-१२-१२ को आदेश मनाशिव नै देखिएको हुँदा सो आदेशलाई पुनः परिवर्तन गरिरहन परेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ । २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतले दिएको आदेश सदर गर्दै दिपायल उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।

थुनामै रहेका सांसद रेशम चौधरी सांसदको हैसियतमा रहने वा नरहने भन्ने अन्योलका बीच सर्वोच्चले यस्तो आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्