नेपाल आइडलका ‘टप फाइभ’ लाई जापानमा भव्य सम्मान (फोटोफिचर)

काठमाडौं, पुष २३ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडसहित आइडलका अन्य प्रतिस्पर्धीलाई जापानको टोकियोमा भव्य विदाई तथा सम्मान गरिएको छ । उनीहरुलाई टोकियोको सिनओकुबोमा  अछाम सरोकार मन्च जापान र सुदूरपश्चिमेली समाज जापानले  विदार्ई एवं सम्मान गरेको हो ।

अछाम सरोकार मन्च जापानका तर्फबाट मन्चका गैरआवासीय संघ जापानका केन्द्रीय सदस्य आशिस रावल, अध्यक्ष लोकेन्द्र जंग कुँवर ‘लोचन’ र सुदूरपश्चिमेली समाजका पूर्व अध्यक्ष तथा संचारकर्मी पूर्ण चलाउनेले आइडलका प्रतिस्पर्धीलाई खादा तथा सम्मानपत्र प्रदान गरेका थिए ।

साथै, सुदूरपश्चिमेली समाजका तर्फबाट समाजका अध्यक्ष एकेन्द्र थापा र महासचिब दिनेश अधिकारीले खादासहिद सम्मानपत्र प्रदान गरेका थिए ।  कार्यक्रममा सिजन २ का विजेता रवि ओड, उपविजेता बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र ‘टप फाइभ’ मा पुग्न सुफल अमित बराललाई मायाको चिनो स्वरुप उपहार पनि प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा ब्यक्तिहरुबाट पनि सम्मानका साथै बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि, बिक्रम, अस्मिता अधिकारी, सुमित पाठकका साथै अमित बरालले कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।

कार्यक्रममा बोल्दै उनीहरुले सबै नेपालीको माया र साथ पाएर आफुहरु बिजेता बनेकाले  सबैको साथ लिएर अझै सांगितिक क्षेत्रमा केही योगदान दिने प्रतिबद्धता ब्यक्त गरे ।

 

 

कमेन्ट गर्नुहोस्