नेकपा अध्यक्ष प्रचण्ड भोलि चितवन जाँदै, यस्तो छ कार्य तालिका

काठमाडौं, पुष २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड भोलि चितवन जाने भएका छन् । आयोजना उद्घाटन एवं विभिन्न कार्यक्रममा सहभागिका लागि उनी चितवन जाने भएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार भोलि बिहान १०ः३० बजे उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजनाको जिल्लाको पुर्ननिर्माण बिषयक छलफल कार्यक्रममा सहभागि हुने छन् ।

यस्तै, प्रचण्डले भोलि नै बिहान ११ बजे १२औं चितवन महोत्सवको उद्घाटन र दिउँसो १ बजे श्री किरण अमर जङ्ग गुरुङ मा. बि. को स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

कार्य तालिका

१)  जिल्लाको पुनःनिर्माण बिषयक छलफल कार्यक्रममा सहभागि

समय र स्थानः १०ः३० बजे, होटल रोयल सेन्चुरि नारायणगढ

२) १२औं चितवन महोत्सवको उद्घाटन

समय र स्थानः बिहान ११ बजे, नारायणी नदी किनार ।

३) श्री किरण अमर जङ्ग गुरुङ मा. बि.को स्वर्ण महोत्सव उद्घाटन
समय र स्थानः दिउँसो १ः३० बजे, किरणङ्गज ,भरतपुर- १९

कमेन्ट गर्नुहोस्