कोमल ओलीः ‘विकास होस् तर विनाश नहोस्’

काठमाडौं, पुस २४ । राष्ट्रियसभा सदस्य एवम नेकपा नेतृ कोमल ओलीले विकासको नाम पैदलयात्री पर्यटनको महत्व बोक्ने पर्यटकीय छेत्रको विनास भइरहेको प्रति चिन्ता ब्यक्त गरेकी छन् ।

बाटो विस्तारका नाममा पहाड भत्काउनु र सिमेण्ट बालुवा भुईंमा पोत्नुमात्र विकास हो भन्ने दिमागमा पर्दै गएको भन्दै त्यो मानसिकताबाट माथि उठेर बाटो निर्माणको विकासका नाफा घाटालाई समेत ध्यान दिएरमात्र विकासका कार्यक्रम लागू गर्नु आवश्यक रहेको बताइन् ।

पछिल्लो समय राजनीतीमा सक्रिय हुँदा कलाकारिताको क्षेत्रमा आफ्नो समय शून्य जस्तै भएपनि आगामी दिनमा चाँडै नै नया गित लिएर बजारमा आउने तयारी भइरहेको समेत बताइन् ।

मुलुकमा नयाँ कानुन बन्ने क्रम जारी रहेकोले केही समयपछि राजनीतिक संक्रमण टुङ्गिने उल्लेख गर्दै अहिलेका सारा भ्रमहरुलाइ सरकारले क्लियर गरेर अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेकी छन् । धर्म र राजाका बारे टिप्पणी गर्नु जरुरी नभएको उल्लेख गर्दै राजा सामान्य नागरिकसरह रहेको र जनतामा सबैलाई धार्मिक स्वतन्त्रता स्पष्ट भइसकेकाले यो विवाद गरिरहनुपर्ने आवश्यकता नरहेको स्पष्ट गरेकी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!