आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बेनी र कुश्मा शाखाको समुद्घाटन

काठमाडौं, पुस २४ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको उद्देश्यअनुरुप व्यापार व्यवसाय विस्तार तथा प्रवद्र्धन गर्नेक्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको छ ।

सो शाखाहरुको समुदघाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरे ।

सो अवसरमा बोल्दै डा.अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी गराए । कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!