मोबाइल सिरानीमुन्तिर राखेर सुते यस्ता जोखिम

मोबाइल फोन आधुनिक जीवनको अभिन्न अङ्ग हो यसमा कुनै शङ्का छैन । धेरै मानिसले त एक मिनेट पनि आफूलाई मोबाइलबाट टाढा राख्न नसक्ने लत लगाइसकेका छन् ।

यस्ता मानिस राति समेत सिरानीमुन्तिर फोन राखेर सुत्ने गर्छन् । तर यदि तपाईं पनि रति फोन सिरानीमुन्तिर राखेर सुत्ने गर्नुहुन्छ भने बेलैमा बानी सुधारिहाल्नुस किनभने यसले तपाईंमा गम्भीर रोग निम्त्याउन सक्छ ।

ब्रिटेनको एक्जिटर विश्वविद्यालय लगायत अन्य थुप्रै संस्थानहरूमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने मोबाइलबाट निस्किने विकिरण क्यान्सरदेखि नपुंसकतासम्मको कारक बन्न सक्दछ ।

त्यस्तै अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले मोबाइल फोनबाट उत्सर्जित हुने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई संभावित कार्सिनोजन अथवा क्यान्सरकारक तत्वको श्रेणीमा राखेको छ ।

अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी- आइसीआरएले स्मार्टफोनको अत्यधिक प्रयोगले कान र मस्तिष्कमा ट्युमर गराउन सक्ने चेतावनी दिएको छ । यस्तो ट्युमर क्यान्सरको कारण बन्न सक्ने समेत उक्त एजेन्सीले चेतावनी दिएको छ । सन् २०१४ मा ब्रिटेनको एक्सटर विश्वविद्यालयले एउटा रिपोर्ट सार्वजनिक गर्दै न्मोबैल विकिरणले नपुंसकता हुनसक्ने बताएको थियो ।

यस शोधमा वैज्ञानिकहरूले मोबाइलको अत्यधिक प्रयोगले पुरुषहरूको शुक्रकीटको संख्या कम हुँदै गैराखेको र बाँकीकोक्षमतामा पनि ह्रास आइरहेको निष्कर्ष निकालेका थिए । वैज्ञानिकहरूले पाइन्टको गोजीमा फोन राख्ने गर्नाले नपुंसकताको जोखिम अझै बढ्ने जनाएको थियो ।

साथै वैज्ञानिकहरूले मोबाइललाई सिरानीमुन्तिर राखेर सुत्नुको अर्को खतरा पनि बताएका छन् । उनीहरूका अनुसार मोबाइल कुनै पनिबेला विष्फोट हुनसक्ने भएकाले पनि यो काम राम्रो होइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!