चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, पुस २४ । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लब’मा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘समर लव’ को ट्रेलर सार्वजनिक गरिएको हो । निकै नै आकर्षक ढंगबाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रीलार्इ प्रस्तुत गरिएको छ ।

चलचित्रमा सुरजसिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतले अभिनय गरेका छन् । सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् ।

व्यावसायिकरुपमा सफल चलचित्र ‘नाइ नभन्नु ल ३’ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र ‘समर लब’ लाई निर्देशन गरेका हुन् ।

वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रोसँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीको मन जित्ने कुरामा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!