विराटले यी कीर्तिमान तोड्न सक्लान् ?

एजेन्सी । विराट होकली, अहिले नाफै काफी ! विश्व क्रिकेटमा अहिले उनको नाम चर्चाको शिखरमा छ । विराटको प्रदर्शनले नै उनको चर्चा शिखरमा पुगेको हो । एकपछि अर्को रेकर्ड तोड्दै गइरहेका विराट विश्वका एक महान् क्रिकेटरका रुपमा हेरिन थालिएको छ ।

भारतीय क्रिकेट टोलीका कप्तान कोहलीले केहि महिना अघि मात्रै एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो दश हजार रन पूरा गर्ने महान क्रिकेटर सचिनको रेकर्डलाई तोडेका छन् । आइतबार मात्रै उनी अस्ट्रेलियामा टेस्ट सिरीज जित्ने एसिया र भारतको पहिलो कप्तान बने ।

कोहलीले अहिलेकै यात्रालाई निरन्तरता दिने हो भने कयौं रेकर्ड तोड्न सक्ने अनुमान हुन थालेका छन् । तर, ती रेकर्ड तोड्न भने विराटलाई सजिलो छैन । हेरौं उनले तोड्न मुस्कील मानिएका तीन विश्व रेकर्डः

एक दिवसीयमा रोहित शर्माको २६४ रन

एक दिवसीय क्रिकेट प्रतियोगितामा एक पटक सर्वाधिक रन प्रहार गर्नेको शीर्ष स्थानमा आउँछन् भारतीय क्रिकेटर रोहति शर्मा । उनी भारतीय क्रिकेट टोलीका उप-कप्तान पनि हुन् ।  रोहितले सन् २०१४ मा श्रीलंकाबीरुद्ध २ सय ६४ बनाएका थिए । जुन स्कारलाई अहिलेसम्म कसैले छुन सकेका छैनन् ।

के यो रेकड विराटले ताड्न सक्लान् ? यसको जवाफ त आगामी दिनमा भेटिने नै छ । तर, विराटले हालसम्म प्रहार गरेको उच्च स्कोर हेर्दा पक्कै पनि त्यो रेकर्ड भेट्न निकै कठिन छ । वानडेमा उनले बनाएका उच्च स्कोर   १ सय ८३ हो ।

पूर्वकप्तान सचिनको २ सय टेस्ट खेल

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्दुलकरको नाम विश्वका महान् क्रिकेटर भनेर गनिन्छ । उनको नाममा सार्वधिक टेस्ट खेल्ने कीर्तिमान छ ।

भारतीय क्रिकेटमा भगवानको उप नामले चिनिने सचिनले दुई सय टेस्ट खेल खेलेका छन् । सर्वाधिक खेल खेल्ने सचिनले जुन दुर्लभ कीर्तिमान बनाएका छन् । के विराटले यो  किर्तीमान भंग गर्न सक्लान् ? उनले हालसम्म ७७ टेस्ट मात्र खेलेका छन् ।

 लाराको शानदार  ४ सय रन
टेस्ट क्रिकेटको इतिहासमा एकै इनिङ्समा एउटा ब्याटम्यानले बनाएको सर्वाधिक रन ४ सय हो । यो रन बनाउने खेलाडी हुन् वेस्टइन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा । उनले इङ्ल्यान्डबीरुद्ध सन् २००४ मा ४ सय रन प्रहार गरेका थिए । यो कीर्तिमान के विराटले तोड्न सक्लान् ?  उनले  टेस्टमा हालसम्म बनाएको उच्च स्कोर २ सय ४३ हो ।

कमेन्ट गर्नुहोस्