घाँटीमा गुट्खा अड्किएर एक जनाको मृत्यु

विराटनगर, पुष २४ । घाँटीमा गुट्खा अड्किएर मोरङमा एकजनाको ज्यान गएको छ । जिल्लाको सुन्दरहरैंचा नगरपालिका-३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको घाँटीमा गुट्खा अड्किएर ज्यान गएको हो । गुट्खा खाने क्रममा साँझ ७ बजे घाँटीमा खड्किएर तिम्सिना घाइते भएका थिए।

घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्