आगो ताप्ने क्रममा बागलुङमा ३ बालबालिकाको मृत्यु

बागलुङ, पुष २४ । आगलागीमा परेर जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा तीन बालबालिकाको ज्यान गएको छ ।

ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी हुँदा तीन बालबलिकाको ज्यान गएको हो ।

आगलागीमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

साँझपख लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!