गायक बन्न पैसा होइन, कला चाहिन्छः कृष्ण काफ्ले

काठमाडौं, पुस २५ । कृष्ण काफ्ले भन्नासाथ हाम्रो मस्तिष्कमा उनका सिर्जनाहरु एकपछि अर्को गर्दै घुम्न थाल्छ, उनको स्वरमा गुञ्जिएको ‘पर्ख–पर्ख मायालु म पनि त आउँला रेलको झ्याल समातेर’ भन्ने गीत स्मरण भइहाल्छ।

कृष्ण काफ्ले नेपाली चलचित्रमा जम्दै गरेका गायक तथा संगीतकार हुन् ।

आजभोलि एउटा चलचित्रमा विविध संगीतकार र गायकहरुको प्रयोग हुने भएकाले ती गीतहरुमा फरकपन आउने गरेको छ र यस्तै फरकपन दिइरहेका छन् काफ्लेले ।

कम उमेरमै चर्चाको चुली छुँदै गरेका गायक काफ्ले आफू कलाकै कारण स्थापित हुन सकेको र दर्शक तथा स्रोताले मन पराइदिएको बताउँछन् । आजभोलि उपकरणले जोसुकै पनि गायक बन्नसक्ने भएपनि तिनीहरु लामो समय नटिक्ने बताउने काफ्ले धनले हैन कलाले मात्र स्थापित हुन सकिने मान्यता राख्छन् ।

कमेन्ट गर्नुहोस्