बंगलादेश प्रिमियर लिगः सन्दीपको टोलीको पहिलो जित

काठमाडौं, पुष २५ । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने आवद्ध सिल्हेट सिक्सर्सले पहिलो जित निकालेको छ ।

दोस्रो खेलमा चिट्टागोंग भिकिङ्ग्सलाई ५ रनले पराजित गर्दै सिक्सर्सले पहिलो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।

सिक्सर्सका लागि आज कप्तान डेबिड वार्नरले सर्बाधिक ५९ रन प्रहार गरे । यस्तै, अफिफ होसिनले ४५, निकोलस पुरनले (नटआउट) ५१ र अलोक कपालीले (नटआउट) २  रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङमा चिट्टागोंग रोबर्ट फ्राइलिकले ३, नेम हसन र खालेद अहेमदले समान एक-एक विकेट लिए । १६९ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको चिट्टागोंगले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन मात्र बनाउन सक्यो र उसका लागि रोबर्ट फ्राइलिकले सर्वाधिक ४४ रन प्रहार गरे ।

बलिङमा सिक्सर्सका टास्कीन अहेमदले ४ र अलोक कपालीले २ विकेट लिए । आजको खेलमा सन्दीपले विकेट लिन सकेनन् । ४ ओभर बलिङका गरेका उनले २१ रन खर्चिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!