मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

भक्तपुर, पुस २५ । सूर्यविनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा.९४.प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्