फेरि तोलामा कतिले बढ्यो सुनको मूल्य ?

काठमाडौं, पुस २५ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार नेपाली बजारमा चाँदीको ५ रुपैयाँले घटेको छ ।

मंगलबार चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ६० रुपैयाँमा कारोबारमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!