प्रचण्ड भन्छन्, ‘जनतालाई धनी बनाउन सकेन भने कम्युनिस्टको काम छैन’ [भिडियाेसहित]

चितवन, पुष २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतालाई धनी बनाउन नसक्ने कम्युनिस्टको काम नभएको बताएका छन् । आज १२औं चितवन महोत्सवको उद्घाटन गर्दे प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले कम्युनिस्ट नेतृत्वको बहुमत सरकार छ, अब जनतालाई धनी बनाउन नसक्ने हो भने कम्युनिस्ट पार्टीको काम छैन ।’

प्रचण्डले अब विकासका लागि गम्भीर भएर लाग्ने समय आएको बताए । उनले भने, ‘गम्भीर भएर विकासमा लाग्नु पर्छ, हामीले देशका लागि केही गर्नुपर्छ भनेर बुझ्नुपर्छ।’ प्रचण्डले आफ्नो सपनासमेत १० वर्षमा देश समृद्ध बनाउने रहेको उल्लेख गरे ।

LIVE: १२ अौं चितवन महोत्सव-२०७५

Posted by क. प्रचण्ड / Comrade Prachanda on Wednesday, 9 January 2019

कमेन्ट गर्नुहोस्

error: Content is protected !!