डा. गोविन्द केसीको १६औं अनशन इलाममा सुरु

इलाम, पुष २५ । डा. गोविन्द केसीले बुधबार साँझबाट १६ औं अनशन सुरु गरेका छन् । सरकारले आफुलाई धोका दिएको बताउँदै उनले यो पटक इलाममा अनशन सुरु गरेका हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार दिउँसो पारित गरेपछि डा. गोविन्द केसीले अनशनको तयारी सुरु गरेका थिए।

त्यसअघि अनशनको दिन तोकेको भएपनि समितिबाट सुधार अपेक्षा गर्दै दिउँसोसम्म पर्खेका थिए । अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले सरकारले आफुलाई धोका दिएको बताए।

उपसिमितले प्रस्ताव गरेको बिधेयकमा आफुसँग सरकारले गरेको सम्झौतालाई वेवास्ता गरेकाले अनशन बस्ने बताउँदै आएका उनले समितिले त्यही प्रस्ताव पारित गरेपछि अनशन सुरु गरेका हुन्।

कमेन्ट गर्नुहोस्