तीन सय २५ टक्सारबासीद्वारा स्वास्थ्य जाँच

पाण्डव पुजारा, भोजपुर । चण्डेश्वरी हेल्थ कियर प्राईभेट लिमिटेड काभ्रेको आयोजनामा भोजपुर नगरपालिका वडा नम्बर १२ मा टक्सारमा बुधबार स्वास्थ शिविर भएको छ । कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टर खाँदवारीको सहयोगमा भएको शिबिरमा टक्सारका ३ सय २५ जनाले चेकजाँच गराएका छन् ।

शिबिरमा आयुर्वेद विभागका पुर्ब महानिर्देशक डा. शेषराज आचार्यका अनुसार नशा, ग्याष्ट्रीक, सुगर, थाईराईडका बिरामीहरु बढी मात्रामा भएको बताए । कृष्ण होमियो तथा प्राकृतिक थेरापी सेन्टर खाँदवारीका संचालक कृष्ण श्रेष्ठले शिबिर भोजपुर नगरपालिकाका वडा नम्बर ९, ७, १० ८,५, मा भईसकेको  बताए ।

साथै शिबिरमा बिशेषज्ञ डाक्टर शेषराज आचार्य र बैद्यद्धारा अकुलाईफ मेसीनद्धारा निशुल्क चेकजाँका साथै परामर्श दिईरहेको पनि बताए । ‘‘जेष्ठ नागरिकलाई औषधीमा ३० प्रतिशत छुट दिईन्छ’’ संचालक कृष्ण श्रेष्ठले भने ‘‘जेष्ठ नागरिक बाहेकका उमेर समुहलाई १५ प्रतिशत छुटमा दिईएको छ ।’’


भेजपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कुमार प्रशाद श्रेष्टले  यस किसिमका शिबिरहरु आगामी दिनमा पनि अत्यआवश्यक रहेको बताए । भोजपुर नगरपालिकामा पौष २७ गते हेलौछा स्वास्थ्य चौकी भवनमा, पौष २८ गते वडा नम्बर १ को कार्यालय,  पौष २९ गते  सिद्धेश्वर वडा कार्यालय भवनमा, माघ २ गते गुप्तेश्वर वडा कार्यलय भवनमा र माघ ४ गते वडा नम्बर ६ को भेटघाट चौक भंगेरीमा रहेको छ ।


शिबिरमा पेटसम्बन्धी, छालासम्बन्धी, बालरोगहरु, नाक, कान घाटी, आँखा, स्त्रि– रोगहरु, पुरुष सम्बन्धी रोगहरु, छाती सम्बन्धी रोगहरु,  हाडजोर्नी तथा नशा सम्बन्धी रोगहरु, टाउको तथा मानसिक रोगहरु, तथा अन्य शरिरका बिभिन्न रोगहरुको चेकजाँच हुने आयोजकले बताए । पौष १६ गते देखि सुरु भएको शिबिर माघ ४ गतेसम्म भोजपुर नगरपालिकामा संचालन हुनेछ ।

कमेन्ट गर्नुहोस्