अमेजन बन्यो संसारकै सबैभन्दा ठुलो कम्पनी, ७ वर्षपछि शीर्षबाट खस्किंदै एप्पल पुग्यो चौथो स्थानमा

वासिंगटन । माइक्रोसफ्टलाई पछि पर्दै अनलाइन सपिङ कम्पनी अमेजन पहिलोपल्ट संसारको सबैभन्दा ठुलो कम्पनी बनेको छ । हाल यसको कुल मूल्य विश्वका सबै कम्पनी भन्दा बढी रहेको छ । उसले यो उपलब्धि गत सोमवार हासिल गरेको हो ।

उक्त दिन सेयर बजार बाद हुँदासम्म यस कम्पईको कुल सम्पत्ति ७९६.८ अर्ब अमेरिकी डलर भएको थियो । जबकि, माइक्रोसफ्टको सम्पत्ति ७८३.४ अमेरिकी डलर रहेको छ । हाल तेस्रो नम्बरमा अल्फाबेट र चौथोमा एप्पल रहेका छन् ।

गत वर्ष सेप्टेम्बरमा अमेजनको बजारमूल्य १० खर्ब डलर पुगेको थियो । तर त्यसपछि सेयरमा लगातार गिरावट आएपछि यो कम हुँदै गइरहेको छ । सोमवार कम्पनीका सेयरमूल्यमा ३.४ प्रतिशत वृद्धि भएपछि यस कम्पनीले यो उपलब्धि हासिल गरेको हो ।

सन् १९९७ मे १५ मा १८ डलर प्रति कित्ता रहेको अमेजनको सेयरमूल्य आज बढेर १,६२९.५१ डलर भइसकेको छ । अर्थात् उक्त समय एक हजार डलर मूल्यमा सेयर किनेको मानिससँग आज ८ लाख ९६ हजार डलरभन्दा बढि सम्पत्ति रहेको छ ।

अमेजनका संस्थापक र सिइओ जेफ्फ़ बेजोस हाल विश्वकै सबै भन्दा धनी व्यक्ति हुन् । उनीसँग हाल २३५ अर्ब डलर रहेको छ भने दोस्रो नम्बरमा माइक्रोसफ्टका सिइओ बिल गेट्स ९२ अर्ब डलर रहेको छ ।

उता गत सात वर्षअघि देखि विश्वको सबैभन्दा मूल्यवान कम्पनी रहेको एप्पल आइफोनको बिक्रीमाएको लगातार कमीका कारण चौथो नम्बरमा खस्किएको छ । एप्पललाई गत डिसेम्बरमा माइक्रोसफ्टले पछाडि पारेको थियो । हाल एप्पलको कुल मूल्य ७०१.१ अर्ब डलर रहेको छ ।

एप्पलका उत्पधरूको भने अनुरुप बिक्री नाभेपाची यसका सेयरको मूल्यमा गत हप्ता १० प्रतिशत कमी आएको थियो ।

कमेन्ट गर्नुहोस्