निर्मला पन्तका बुवाद्वारा डिएनएका लागि रगत झिक्न अस्वीकार, अामाले राहत बुझ्ने

कञ्चनपुर,२५ पुष-बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको यौनीबाट संकलन गरिएको ‘भेजिनल स्वाब’प्रति नै संका उपसंका गर्न थालिएपछि परिवार र अधिकारकर्मीले निर्मलाकै स्वाब हो, या होईन भनि एकिन गर्न पटक पटक माग गरे । 

१५ पुषमा दोस्रो पटक महेन्द्रनगर पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसामु पनि अधिकारकर्मी मिना भण्डारी लगायतले निर्मलाको स्वाव हो या होईन भनि एकिन गर्नका लागि आमा बाबु दुवैको रगत नमुना संकलन गर्नुपर्ने माग अघि सारिन् । 
अधिकारकर्मीकै माग अनुसार प्रहरीले गत सातादेखि निर्मलाका आमा–बुवा दुवैको रगत नमुना संकलन गर्नका लागि प्रयास ग¥यो, तर सफल भएन् । यज्ञराज पन्तले रगत दिन नमानेपछि प्रहरीले बुधबार निर्मलाकी आमा दुर्गादेवि पन्तको मात्रै रगतको नमुना लिएको छ । दुर्गाले छोरी निर्मलाकै डिएनए हो वा होईन यकिन गर्नका लागि रगत दिएकी छिन् । प्रहरीले निर्मलाकै यौनीबाट स्वाब पठाएको एकिन गर्दै निर्मलाको डिएनएन म्याच गर्नका लागि दुर्गाले रगत दिएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दुर्गाले लिखित निवेदन दिएपछि प्रहरीले उनको रगतको नमुना लिएको छ । महाकाली अञ्चल अस्पतालको प्रयोगशालाबाट प्रहरीले दुर्गाको रगत नमुना संकलन गरेको हो ।  दुर्गाले रगतको नमुना दिएपछि आफ्नै छोरीको यौनी भित्र भेटिएको स्वाव पठाएको हो, या होईन भनि एकिन गर्नका लागि एक्कैले रगत दिएको बताईन् । 
‘मैले श्रीमान यज्ञराजसंग रगत दिउँ भन्दा उनले दिन मानेनन्,  ‘उनले भनिन, ‘खै किन नमानेका हुन, डरले पो हुन, कि कसैले उस्काएको हो, मलाई थाहा भएन् ।’ संका हटाउनका लागि छोरीसंगको डिएनए म्याच गराउन रगतको नमुना दिएको दुर्गाले बताईन् । श्रीमानलाई डर लागेर रगतको नमुना दिन नमानेको बताउदै उनले आफुले जन्म दिएको छोरी भएकाले स्वच्छ्याले रगत दिएको बताईन् । दुर्गाले फेरी पनि निर्दोषलाई फसाउन सक्छकी भन्ने भ्रमले श्रीमानले रगतको नमुना दिन हालटाल गरेको हुनसक्ने बताईन् । 

 तर, निर्मलाका बाबु यज्ञराज पन्तले आफ्नो मान्छेसंग सल्लाह गरेर रगतको नमुना दिने बताएका छन् । ‘मैले डिएनएमा संका गरेको पनि होईन, माग पनि गरेको थिएन,‘उनले भने, ‘मैले माग गरेको होईन्, मिना भण्डारीले गरेको हो ।’ आफ्ना मान्छे केही काठमाण्डौँ कोही कता भएकाले उनीहरुसंग सोधेर रगतको नमुना दिने यज्ञराजले बताए । रगतको नमुनाको विषयमा निर्मलाका आमाबाबु विच विवाद देखिएको र्छपस्ट भएको छ । आमाले दिने, बाबुले नदिने भएपछि विवाद सतहमै देखिएको हो । दुर्गाले हिजो मात्रै श्रीमान संग रगत दिने विषयमा सल्लाह गरेपनि श्रीमानले रगत दिन नमानेको बताईन् ।  निर्मलाका आमा दुर्गाले सरकारले घोषणा गरेको राहत लिने बताएकी छिन् ।  उनले राहत लिएपछि न्याय नपाईने भन्ने संका रहेको बताउदै अब ६ महिना वितिसक्दा पनि छोरीका हत्यारा सार्वजनिक नभएकाले राहत बुझ्ने बताईन् । 

‘हामीले कतिन्जेलसम्म आन्दोलन गर्ने, ‘उनले भनिन, ‘दुई छोरीको भविष्यका लागि पनि राहत बुझ्छु ।’ अब अतिभयो, आन्दोलन गरेरे केही काम छैन, अब राहत बुझछु । 
छोरीको अपराधी पत्ता लगाउनुपर्ने उनले फेरीपनि माग अघि सारिन् । स्थानीय, प्रदेश र संघीय सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैया राहत दिने घोषणा गरेको थियो । तर, उनीहरुले अहिलेसम्म राहत बुझेका छैनन् । स्थानीय ३, प्रदेश ५ र संघले १० लाख रुपैया राहत घोषणा गरेको थियो । निर्मलाकी आमाले तीनै सरकारले राहत घोषणा गरेको बताउदै तीनैबाटै राहत बुझेर दुवै छोरीको भविष्यका लागि खर्च गर्ने योजना बनाएकी छिन् । 

प्रहरीले निर्मलाकी आमाको रगतको नमुना संकलन गर्दा अधिकारकर्मी माया नेगी, दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठ, सदस्य प्रितीधिर (भण्डारी), रामेश्वरी रावल, गंगा पाण्डेय लगायतका अधिकारकर्मी समेतको उपस्थिति रहेको थियो । उनीहरुले एकातिर संका अर्कातिर रगत दिन भाग्ने प्रवृति ठिक नभएको टिप्पणी गरेका थिए ।  कञ्चनपुर प्रहरीले संकलन गरिएको रगतको नमुना बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौँ पठाउने जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिह कडायतले निर्मलाकी आमाबाट संकलन गरिएको नमुना म्याचका लागि पठाईने बताए । प्रहरीले आफै स्वाबको विषयमा संका गर्ने अनि आफै नदिने भन्दै अनुसन्धानमा समस्या भएको जनाएको छ । निर्मलाको बलात्कार पछि हत्या भएको पाँच महिनाभन्दा बढि वितिसक्दा पनि अझै वास्तविक हत्यारा बलात्कारी पत्ता लागेको छैन् । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाउदै आएको छ ।
– जनसराेकारपाेष्टबाट
File photo

कमेन्ट गर्नुहोस्