संसारकै सबैभन्दा धनी जेफ बेजोसद्वारा बिहेको २५ वर्षपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने घोषणा

न्यूयोर्क । धनी हुँदैमा वैवाहिक जीवन राम्रो हुन्छ भन्ने हुन्छ र ? जेफ बेजोस संसारकै सबैभन्दा धनी हुन । उनी अमेजन कम्पनीका संस्थापक पनि । तर जेफ बेजोसले बुधबारका दिन गरेको घोषणाले सबै अचम्ममा परेका छन् ।

उमेरले ५४ वर्षीय जेफ बेजोसले आफ्नी श्रीमती मेकेन्जी बेजोससँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन । मेकेन्जी ४८ वर्षकी छिन् । उनीहरु निकै समयदेखि अलग बस्दै आएका थिए । २५ वर्ष अघि दुबैको बिहे भएको थियो । जेफ बेजोसले ट्विटरबाट यसको घोषणा गरेका हुन । ट्विटरमा दुबैले संयुक्त बयान दिएका छन् । “एउटा लामो कालखण्डपछि हामीले सम्बन्धविच्छेदको निर्णय गरेका छौं । हामी आगामी दिनमा साथी जस्तै बस्नेछौं ।”

लेखक मेकेन्जी अमेजनमा नै काम गर्ने गर्थिन । उनले द टेस्टिङ अफ लुथर अलब्राइट र ट्रयाप्स सहित कैयन पुस्तक लेखेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!