थाहा पाइराखौं यस्ता छन् एटिएमबारे तथ्य

एटिएम अर्थात् अटोमेटेड टेलर मेसिन बैंकिङ कारोबारको भरपर्दो र छरितो सेवा हो । बैंक धाउन नपर्ने र सुरक्षित पनि भएकाले एटिएम प्रयोग गर्नेको संख्या आजभोलि बढ्दो छ ।

अब एटिएमबारे केही तथ्यहरु थाहा पाइराखौं–

– जोन सेफर्ड बारोनले एटिएम बनाएका थिए । जो बेलायती सेनामा जागिरे पनि थिए।

–सन् १९६७ मा पहिलोपटक एटिएम मेसिन लन्डनको एक बैंकमा राखिएको थियो।

– सुरुमा एटिएम कार्डलाई ‘होल इन द वाल’ नाम दिइएको थियो ।

– प्लास्टिकको कार्ड प्रयोगमा आउनुभन्दा अघि मेसिनमा चेकको प्रयोग गरिन्थ्यो । चेकमा १४ वटा कार्बन लगाइने गरिन्थ्यो ।

– सुरुसुरुमा एटिएम मेसिनबाट एकपटकमा बढीमा १० पाउन्ड मात्र निकाल्न सकिन्थ्यो ।

– आविष्कारक सेफर्डले एटिएमको पिन नम्बर ६ अंकको राख्न चाहन्थे । तर, उनकी श्रीमती क्यारोलिनले चार अंक मात्र याद हुने भनेपछि त्यति नै अंकको पिन नम्बर राख्न थालियो ।

– नेपालमा सर्वप्रथम सन् १९९५ मा हिमालयन बैंकले एटिएम प्रयोगमा ल्याएको थियो । त्यो न्युरोडस्थित कार्यालयमा थियो । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!