बेलायती राजकुमारी केट ३७औं वर्षमा प्रवेश

पुस २६ । बेलायती राजकुमारी केट मिडल्टन ९ जनवरीमा ३७ वर्ष पुुगेकी छिन् । फेसन शैलीका कारण चर्चामा आइरहने केटले बेलायती राजकुमार विलियमसँग विवाह गरेकी हुन् । उनले ३६ वर्षकी हुँदा सन् २०१८ मा तेस्रो सन्तान जन्माएकी थिइन् ।

उनको राजकुमार विलियमसँग विश्वविद्यालय अध्ययनताका सन् २००१ मा भेट भएको थियो । उनले आर्ट हिस्ट्री बेलायतको सेन्ट एन्ड्रिउ विश्वविद्यालयमा पढेकी हुन् । राजकुमार विलियमसँग २०१० मा विवाह गरेकी उनले २०१३ मा पहिलो सन्तान जन्माएकी थिइन् ।

त्यस्तै, २०१४ मा दोस्रो सन्तान जन्माएकी थिइन् । उनी मानसिकरूपमा स्वास्थ्य रहनका लागि अभियान पनि चलाउँछिन् । उनलाई सन् २९१३ मा टाइम्स म्यागजिनले सर्वाधिक प्रभावशाली संसारका सयजनाको सूचीमा राखेको थियो । एजेन्सी 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!